स्थानीय तह निर्वाचन: मकवानपुरका ४ वडाको मतगणना जारी

छहारी संवाददाता
बैशाख ३१, २०७९

हेटौंडा उपमहानगरपालिकाको चार वटा वडाको मतगणना शिद्धार्थ माविमा एकैपटक सुरु भएको छ । हेटौंडा वडा नम्बर–१, २, १८ र १९ को मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

मतगणना स्थलमा सुरक्षा लागि तारजालीको प्रबन्ध मिलाइएको छ भने पारदर्शीतालाई मध्येनजगर गर्दैै सिसिटिभी क्यामेरा जडान गरिएको छ । हेटौंडामा कुल १ लाख ४ हजार ४ सय ७३ मतदाता रहेकोमा ७३ हजार ४ सय १४ जनाले मतदान गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*