स्थानीय तह निर्वाचन: मकवानपुरका सबै मतदान केन्द्रमा मतदान सम्पन्न

छहारी संवाददाता
बैशाख ३०, २०७९

मकवानपुरका दश वटै स्थानीय तहमा मतदान सम्पन्न भएको छ । मतदानको काम सकिए लगतै मतगणनाका लागि मतपेटीका संकलनको काम सुरु भएको छ ।

जिल्लाका बिकट गाउँमा रहेका मतदान केन्द्रबाट मतपेटीका संकलनमा समय लाग्ने भएपनि सुगम स्थानबाट मतपेटीका संकलन सुरु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

बिशेषगरी हेटौंडा उपमहानगरपालिकाको साविकका वडाहरुबाट मतपेटीकाहरु संकलनको काम भइरहेको छ । टाढाका वडाहरुबाट समेत पनि मतपेटीका संकलन सुरु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*