स्थानीय तह निर्वाचनः मकवानपुरका सबै मतगणना स्थलमा सीसी क्यामेरा तथा तारजालीको व्यवस्था

छहारी संवाददाता
बैशाख २९, २०७९

स्थानीय तह निर्वाचन पछिको मतगणनालाई सुरक्षित र मर्यादित बनाउन मकवानपुरका सबै मतगणना स्थलमा सीसी क्यामेराको व्यवस्था गरिएको छ ।

मकवानपुरका १० वटै पालिकामा स्थापना भएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणना स्थल निर्माण गरी तयारी अवस्थामा राखेको जनाएको छ । चुनावमा हुन सक्ने अवाञ्छित क्रियाकलापको निगरानी गरी यस्ता गतिविधी रोक्न सुरक्षित प्रवन्ध मिलाइएको कार्यालयले जनाएको छ ।

यसैबीच, मकवानपुरमा पनि मादक पदार्थ सेवन गरेका मतदातालाई मतदान स्थलमा प्रवेश निषेध गरिने भएको छ । साथै मतदान केन्द्र भित्र क्यामेरा र मोवाइल प्रयोगमा प्रतिबन्ध लगाइएको छ । मतदान केन्द्रभित्र खटिएका प्रतिनिधि र मतदाता समेतले मोवाइल प्रयोग गर्न नपाउने कार्यालयले जनाएको छ । मादक पदार्थ सेवान गरे नगरेको पत्ता लगाउन प्रहरीले ब्रेथलाइजरको प्रयोग गर्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*