स्थानीय तह निर्वाचनः नियुक्तिपत्र बुझेर कर्मचारीहरु मकवानपुरको तेकिएका मतदान केन्द्रमा खटिदै

छहारी संवाददाता
बैशाख २५, २०७९

मकवानपुरका सरकारी कर्मचारीहरु स्थानीय तह निर्वाचनका लागि तोकिएका मतदान केन्द्रामा आज खटिँदैछन् ।

कर्मचारीले नियुक्तिपत्रसहित पारिश्रमिक बुझेर आजै कार्यक्षेत्रमा खटिने मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले जानकारी दिएको छ ।

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा मकवानपुरका दश स्थानीय तहका एक सय २ वटा वडामा रहेका ३ सय ६५ मतदान केन्द्रमा एक हजार ८ सय जना कर्मचारी खटिनेछन् ।

उनीहरु निर्वाचनको तीन दिन अघि नै तोकिएको मतदान केन्द्रमा पुग्नु पर्नेछ । मतदान केन्द्रमा खटिएका कर्मचारीले मतदात अधिकृतको निर्देशनमा काम गर्नुपर्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*