बागमतीका गाउँपालिकाका जनता व्यवसायीक खेलाडी बन्न मात्र विदेश जानेछन्ः घलान

छहारी संवाददाता
बैशाख २३, २०७९

गठबन्धनको तर्फबाट बागमती गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार सर्केश घलानले बागमती गाउँपालिकाका जनता व्यवसायीक खेलाडी उत्पादनको लागि मात्र विदेश जाने बताउनु भएको छ ।

बागमती गाउँपालिका वडा नम्बर ६ को चुनावीसभामा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उम्मेदवार घलानले अब बागमतीका जनता रोजगारीको लागि खाडी मुलुक जानबाट रोक्नको लागि पालिका भित्र रोजगारी सृजना हुने बताउनुभयो ।

उहाँले भन्नुभयो“अब कृषि र तालिमहरुको लागिमात्र बिदेश जाने हो राजगारी र श्रम आफ्नै माटोमा गर्नुपर्छ ।” ५ बर्षको कार्यकालमा पालिकामा बिद्युतिकरण ९८ प्रतिशत सकिएको, सडक बिस्तार भएको, खानेपानि घरघरमा पुगेको, कृषिमा बिजुली प्रयोग गर्ने आधारहरु बनेको, शिक्षा, स्वास्थ्यको साथै भुमिहिन बिपन्न, दलितहरुलाई पुर्जा बितरणको सुरुवात गरिएको उहाँको भनाई रहेको छ ।

अबको कार्यकालमा गाँऊमै बिजुली बितरणकेन्द्र बनाइने, सामुदायिक बिद्यालयको विकास गरिने साथै पालिकामा नै उच्चशिक्षा अध्ययन अध्यापन गराइने जनाउनुभयो । भोगचलन गर्दै आएको जमिनको स्वामित्व प्रदानगर्ने क्रममा धेरै दिन खोज्दा समय लाग्ने भएकोले जति सकेको दिएर सुरुवात गराइएको उम्मेदवार घलानले बताउनुभयो ।

त्यसैगरी गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका उपाध्यक्षका उम्मेदवार फणिन्द्र तिमल्सिनाले आफुहरुको जित सुनिश्चित भएको र जितेलगत्तै कसैलाई पनि पक्षपात नगरीकन सेवा दिने बताउनुभयो । उहाँले मित्रबत् प्रतिस्पर्धा गरिरहेको गठबन्धन दलका उम्मेदवारहरुलाई पनि सकेसम्म आफु जित्ने र नसक्ने अबस्थामा गठबन्धनभित्रको दललाई सघाउनुपर्ने बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*