बलिउड अभिनेत्री आलिया भट्टमाथि मुद्दा दर्ताको तयारी

छहारी संवाददाता
पुस २, २०७८

महामारी सम्बन्धी ऐन तोडेको आरोपमा बलिउड अभिनेत्री आलिया भट्टमाथि मुद्दा दर्ताको तयारी गरिएको छ । १४ दिन होम क्वारेन्टिनमा बस्नुपर्ने नियम तोडेर उनी फिल्मको पोस्टर रिजिल कायक्रममा गएपछि उनीमाथि मुद्दा लगाउन लागिएको भारतीय मिडियाले जनाएका छन् ।

संक्रमणको जोखिमयुक्त व्यक्तिसँगको सम्पर्कका कारण आलियाको कोरोना पीरीक्षण गरिएको थियो । रिपोर्ट नेगेटिभ आएपनि उच्च जोखिममा भएका व्यक्तिसँगको सम्पर्कमा कारणउ उनलाई १४ दिन होम क्वारेन्टिनमा बस्न भनिएको थियो ।

बृहन्मुम्बई महानगरपालिकाले आलियालाई १४ दिन क्वारेन्टिनमा बस्न भनेपनि उनी ब्रह्मास्त्र फिल्मको पोस्ट रिलिजका लागि उनी रणवीर कपुरसँगै मुम्बईबाट दिल्ली गएकी थिइन् । त्यहाँ गएर उनले थुप्रै व्यक्तिसँग भेट गरिन् ।

नियम तोडेर उनी दिल्ली गएको थाहा पाएपछि महानगरपालिको स्वास्थ्य विभागका अधिकारीहरुले उनलाई केहीदिन दिल्लीमै क्वारेन्टिनमा बस्न भनेका थिए । तर उनी नमानीकन मुम्बई फर्किइन् । उनले अटेर गरेपछि महामारी ऐन अनुसार मुद्दा दर्ता गर्ने तयारी बृहन्मुम्बई महानगरपालिकाले गरेको छ । साभारः हेल्थपाटी डटकम ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*