कांग्रेस महामन्त्री पदको मतगणनाः थापा र शर्माको अग्रता

छहारी संवाददाता
पुस १, २०७८

नेपाली कांग्रेसको महामन्त्री पदको मतगणनामा गगनकुमार थापा र विश्वप्रकाश शर्माले अग्रता लिनुभएको छ ।

पार्टी कार्यालय सानेपामा भइरहेको गणनामा ५०० मत गन्दा थापाले ३२५ मत प्राप्त गर्नुभएको छ । त्यस्तै दोस्रोमा विश्वप्रकाश शर्माले १८५ मत ल्याउनुभएको छ ।

प्रदीप पौडेलको १७७, डा. प्रकाशशरण महतको १६३, मिनेन्द्र रिजालको ८६ र डाक्टर राजाराम कार्कीको १२ मत छ । महामन्त्रीमा शेरबहादुर देउवा समूहबाट महामन्त्रीमा डा. प्रकाशशरण महत र प्रदीप पौडेल, डा. शेखर कोइराला समूहबाट डा.मिनेन्द्र रिजाल र गगन थापा, प्रकाशमान सिंहको समूहबाट विश्वप्रकाश शर्मा तथा विमलेन्द्र निधिको समूहबाट डा.राजाराम कार्की महामन्त्रीका उम्मेदवार हुनुहुन्छ ।

महामन्त्रीका ६ जना उम्मेदवारबाट दुई जना महामन्त्रीमा चयन हुनेछन् । सभापतिमा देउवा निर्वाचित भइसक्नुभएको छ भने उपसभापतिमा देउवा समूहका पूर्णबहादुर खड्का र कोइराला समूहका धनराज गुरुङ निर्वाचित हुनुभएको छ।

महामन्त्रीपछि सह–महामन्त्री र त्यसपछि केन्द्रीय सदस्यको मतगणना गर्ने पार्टीको निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिनुभयो । साभारः उज्यालो अनलाइन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*