कांग्रेसलाई आधुनिक पार्टी बनाउँछाैँ : नेता महत

छहारी संवाददाता
मंसिर २६, २०७८

नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले पार्टीलाई बलियो र विस्तारित बनाउने बताउनुभएको छ ।

आज आइतवार काठमाण्डाैमा आयोजित नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिहरूलाई बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेता महतले पार्टीलाई बलियो र विस्तारित पार्टी बनाउने बताउनुभएको हो । उहाँले कांग्रेसलाई अबको महाधिवेशनपछि आधुनिक पार्टी बनाउने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

नेता महतले आम चुनावमा पार्टीलाई एक बनाएर एक्लै पालिकादेखि केन्द्रीय तहसम्म निर्वाचित गरेर ल्याउनुपर्ने जिम्मेवारी रहेकाले महाधिवेशनबाट प्रधानमन्त्री शेरबहादुर देउवालाई नेतृत्वको लागि चुन्नुको विकल्प नरहेकाे दाबी गर्नुभयाे । साभारः उज्यालो अनलाइन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*