कांग्रेस बागमती प्रदेश सभापतिमा खसेको मत ५१ प्रतिशत नपुगेपछि पुनः मतदान हुने

छहारी संवाददाता
मंसिर १९, २०७८

नेपाली कांग्रेस बागमती प्रदेश सभापतिमा खसेको मतको ५१ प्रतिशत नपुगेपछि पुनः मतदान हुने भएको छ ।

सभापतिका उम्मेद्वार ईन्द्रबहादुर बानियाँले सबैभन्दा बढि ९९२ मत ल्याएपनि विधान अनुसार यो पर्याप्त भएन । मतपरिणम अनुसार बानियाँले ४८ प्रतिशत मत प्राप्त गर्नु भएको छ । दोस्रो हुने जगदिश्वर नरसिंह केसीले ८७२ र तेस्रो हुने भीमसेन दास प्रधानले १९७ मत प्राप्त गर्नु भएको छ ।

कांग्रेसको विधानमा सभापतिमा खसेको मतको ५१ प्रतिशत मत ल्याउनुपर्ने प्रावधान अनुसार सभापतिमा पुन मतदान हुने भएको हो । पुनः मतदान आइतबार नै हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कुल २ हजार १ सय ५१ मतमध्ये २०८३ मत खसेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*