राप्रपा अध्यक्षमा लिङ्देन विजयी, थापा दुई सय मतले पराजित

राप्रपाको महामन्त्रीमा कुन्ती शाही विजयी, रेखा थापा पराजित
छहारी संवाददाता
मंसिर १९, २०७८

राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ नेतृत्वका लागि भएको चुनावमा राजेन्द्र लिङ्देन विजयी हुनुभएको छ ।

प्रतिस्पर्धी कमल थापालाई दुई सय मतले हराउँदै लिङ्देन विजयी हुनु भएको हो । लिङ्देनले १८ सय १७ मत पाउनु भएको छ भने थापाले १६ सय १७ मत पाएका राप्रपा नेता माेहन श्रेष्ठले उज्यालोलाई जानकारी दिनुभयो ।

यसैबीच, राप्रपाको महामन्त्रीमा महिलातर्फ कुन्तीकुमारी शाही विजयी हुनु भएको छ । महामन्त्रीमा उम्मेदवार दिएकी अभिनेत्री रेखा थापा भने पराजित हुनु भएको छ ।

बिहान सकिएको मत गणनामा अध्यक्षमा निर्वाचित राजेन्द्र लिङ्देनको प्यानलमा रहेकी थापा शाहीसँग पराजित हुनु भएको हो । शाही कमल थापा पक्षकी हुनुहुन्छ । राप्रपाको निर्वाचन आयोगका अनुसार कुन्ती शाहीले २ हजार ८ मत ल्याउनु भएको छ भने रेखा थापाले १६ सय ४० मत पाउनु भएको छ । साभारः उज्यालो अनलाइन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*