राजनीतिक स्थायित्व र समृद्धि भाँड्ने ओली हुन्ः मन्त्री जम्कट्टेल

छहारी संवाददाता
मंसिर १६, २०७८

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्कट्टेलले देशमा राजनीतिक स्थायित्व, विकास र समृद्धि भाँड्ने पूर्व प्रधानमन्त्री समेत रहेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली रहेको आरोप लगाउनु भएको छ ।

माओवादी केन्द्रको बागमती गाउँपालिकाको सम्मेलनलाई सम्बोधन गर्दै उहाँले यस्तो आरोप लगाउनु भएको हो । गणतान्त्रिक संविधान माथि दुई–दुईपटक आक्रमण गर्ने काम ओलीबाट भएको, देशमा झुट बोल्ने, विकास विरोधी, संबिधान विरोधि, गणतन्त्र विरोधी कोही छ भने त्यो पूर्व प्रधानमन्त्री समेत रहेका ओली रहेको उहाँले बताउनुभयो ।

आृलीले जनतामा भ्रम छर्ने काम गरिरहेको मन्त्री जम्कट्टेलको कथन छ । उहाँले माओवादीको केन्द्रीय सम्मेलनले नेतृत्व मात्रै नभई देशलाई समाजवादमा लैजाने कार्यदिशा पनि तय गर्ने बताउनुभयो ।

बागमती गाउँपालिका पार्टी कमिटी इन्चार्ज हस्त बहादुर थिङको अध्यक्षतामा भएको कार्यक्रममा माओवादी केन्द्र मकवानपुर जिल्ला संयोजक प्रेम बहादुर पुलामी, बागमती प्रदेश कमिटी सदस्य सर्केस घलान, भिम पाख्रिन, वीर बहादुर घलान, जिल्ला सचिवालय सदस्य तथा माओवादी केन्द्र प्रचार बिभाग प्रमुख कमान सिं पाख्रिन (पृथक), ज्ञानसागर भोलन्, वाइसीएल नेपाल मकवानपुर इन्चार्ज सुमन पाख्रिन, नेपाली काँग्रेस बागमती गाउँपालिका सभापति फनिन्द्र तिमल्सिना, नेकपा एमाले गाउँपालिका अध्यक्ष चन्द्रमान राई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

यस्तै, नेपाली काँग्रेस, नेकपा एमाले, राप्रपाबाट बद्री थापा, विनोद परियार, संजीब राई, क्षेत्र बहादुर थोकर, चिनीमाया रुम्बा, चनमती राना, रुपलाल राना लगायत २८३ जनाले पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका छन् । कार्यक्रममा माओवादी केन्द्र जिल्ला समन्वय सदस्य दन्तलाल माझी , दिलदोर्जे पाख्रिन्, सुनिता खड्का, जनक पहरी, बेली माया लामा सहिद परिवार भिम रखाल, राष्ट्रिय लगायतको आतिथ्यता थियो । उतm कार्यक्रमा कलाकार चेतन सापकोटा, प्रतीक भोलन, कार्साङ पाख्रीन ,मनोज बल , सुरेस पाख्रीन , आसाराम थीङ, डोल्मा पाख्रीन ,लगायतले गायन प्रस्तुत गरेका थीए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*