एमालेको १० औँ महाधिवेशनः अध्यक्षसहित सहमति नभएका पदमा आजै बेलुकी मतदान हुने

छहारी संवाददाता
मंसिर १३, २०७८

नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

पार्टीको १० औँ राष्ट्रिय महाधिवेशनबाट सर्वसम्मत अध्यक्ष बन्ने प्रयास गरे पनि नेता भीम रावलले अध्यक्षमा उम्मेदवारी दिएपछि ओली चुनावी प्रक्रियामा जान बाध्य हुनुभएको हो । अध्यक्षसहित सहमति नभएको पदमा भरे बेलुकी मतदान हुनेछ ।

तालिकाअनुसार उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन बिहान १० बजेर ३० मिनेटमा र अन्तिम नामावली प्रकाशन बिहान ११ बजेर ४० मिनेटमा हुने भनिएको छ ।

यस्तै आज बेलुकी ९ बजेदेखि भोलि बिहान ३ बजेसम्म मतदान हुनेछ । गएको शुक्रवारदेखि चितवनमा सुरु भएको एमालेको दशौँ राष्ट्रिय महाधिवेशन हिजै सकिने कार्यतालिका भए पनि सहमतिको प्रयास हुँदा लम्बिएको हो । साभारः उज्यालो अनलाइन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*