नेपाली कांग्रेसको निर्वाचन समिति संयोजकमा घिमिरे नियुक्त

छहारी संवाददाता
मंसिर १२, २०७८

नेपाली कांग्रेसकाे केन्द्रीय निर्वाचन समितिका संयोजक फेरिएका छन् । संयोजक महादेवप्रसाद यादवले दिएको राजीनामा स्वीकृत भएपछि निर्वाचन समितिका वरिष्ठ सदस्य गोपालकृष्ण घिमिरेलाई पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ संयोजकमा नियुक्त गर्नुभएको हो ।

केही ठाउँमा विवाद आएपछि महादेवप्रसाद यादवले निर्वाचन समितिकाे संयाेजकबाट सभापति देउवा समक्ष राजीनामा दिनुभएको थियो । उहाँको राजीनामा स्वीकृत गरेर घिमिरेलाई नियुक्त गरिएको नेपाली कांग्रेसले जनाएको छ ।

नेपाली कांग्रेसको डडेल्धुरा अधिवेशनमा ठूलो विवाद आएपछि संयोजक यादवले राजीनामा दिनुभएको हो । निवर्तमान जिल्ला सभापति कर्ण मल्ल पक्षको विरोधकै बीच जिल्ला अधिवेशन सम्पन्न गराएको भन्दै चौतर्फी विरोध भएको थियो ।

नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन नजिकै आइरहेको अवस्थामा निर्वाचन समितिकै संयोजक परिवर्तन हुनुलाई महत्त्वका साथ हेरिएको छ । कांग्रेसको महाधिवेशन यही मङ्सिर २४ देखि २६ गतेसम्म काठमाण्डौमा हुँदैछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*