एमाले मकवानपुरका आठ स्थानीय तहको अधिवेशनबाट कमिटीमा को–को छानिए ?

छहारी संवाददाता
कार्तिक १३, २०७८

मकवानपुरका आठ वटा स्थानीय तहमा एमालेको अधिवेशन भएको छ । हेटौंडा उपमहानगरकमिटीमा भएको अधिवेशनले सर्वसम्मत रुपमा सालिकराम पुडासैनीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

पुडासैनीको नेतृत्वमा ८५ सदस्यीय उपमहानगर कमिटी चयन भएको हो । कमिटीको उपाध्यक्षमा नवराज खतिवडा, सचीवमा बोलबहादुर कार्की, उपसचिवमा उर्मिला श्रेष्ठ, अर्का उपसचिबमा जेन श्रेष्ठ लगायत ८५ सदस्य कमिटी चयन भएको हो ।

यसैगरी नेकप एमाले भिमफेदी गाउँ पालिकाको प्रथम अ‍ेधिबेसनले नयाँ कार्यसमिति चयन गरेको छ । अधिबेशन बाट सर्बसहम अध्यक्षमा सानू थापा मगर चयन हुनु भएको छ । उपाध्यक्ष सिबराज पुडासैनी, सचिवमा शिव रुम्बा, उप सचिबमा कासिराम बज्यु र मंगलादेबी श्रेष्ठ लगायत ५७ सदस्यीय सम्पूर्ण सदस्य कमिटी चयन गरेको हो ।

इन्द्रसरोवर गाउँपालिकाको अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले देवकृष्ण पुडासैनीको नेतृत्वमा ६३ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ । सो कमिटीको उपाध्यक्षमा प्रताप भोम्जन, सचिवमा धनविर स्याङ्तान, उपसचिवमा बैकुण्ठ थापा र उमा लामा चयन भएका छन् ।

राक्सिराङ् गाउँपालिका र कैलाश गाउँपालिकामा यसअघि नै अधिवेशन सम्पन्न भइसकेको छ । विहिबार सम्पन्न अधिवेशनबाट राक्सिराङ गाउँपालिका कमिटीको अध्यक्षमा रोहन लामा सर्वसम्मत चयन भएका थिए । उनको नेतृत्वमो उपाध्यक्ष रंजिता घलान, सचिवमा दिनेश चेपाङ, उपसचिवहरुमा सञ्च बहादुर चेपाङ र दिनेश वाईवा चयन भएका थिए ।

त्यस्तै कैलाश एमालको अध्यक्षमा पुन्य भण्डारी चयन भएका छन् । शुक्रबार भएको पालिका अधिवेशनले भण्डारीको नेतृत्वमा सर्वसम्मत ७५ सदस्सीय पालिका कमिटी निमार्ण गरेको छ । कमिटीको उपाध्यक्षमा छेकु लामा,सचिवमा राजकुमार गोले, उपसचिवहरुमा गौरी बर्तौला र ओम कुमार मोक्तान चयन भएका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*