प्रधानमन्त्रीसंग कुनै असझदारी नभएको गृहमन्त्री खाँणको स्पष्टोक्ति

छहारी संवाददाता
कार्तिक १३, २०७८

गृहमन्त्री बालकृष्ण खाँणले प्रधानमन्त्री शेरबहादुर देउवासंग आफ्नो कुनै असमझदारी नभएको स्पष्ट पार्नु भएको छ ।

शनिबार सञ्चारकर्मीहरुसंग कुरा गर्दै गृहमन्त्री खाँणले प्रधानमन्त्रीसंग आफ्नो कुनै असमझदारी नरहेको स्पष्टीकरण दिनु भएको हो । आफूले प्रधानमन्त्रीसंग परामर्श गरेर नै काम गरिहेको समेत बताउनुभयो । खाँणले प्रहरीमा एआईजीको दरबन्दी थप लगायतका विषयमा छलफल भइरहेको समेत जानकारी दिनुभयो ।

काठमाडौंका प्रहरी प्रमुखमा एसएसपी सुदीप गिरीलाई ल्याउने र अशोक सिंहलाई भैरहवा विमानस्थलमा काजमा खटाउने गृहमन्त्रीको निर्णयलाई प्रधानमन्त्री देउवाले रोक्नु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*