मकवानपुरका ८ पालिकामा आज एमालेको अधिवेशन हुँदै

छहारी संवाददाता
कार्तिक १३, २०७८

मकवानपुरमा आज (शनिबार) नेकपा एमालेको पालिका अधिवेशन हुँदैछ । गत कात्तिक ९ गतेको लागि तोकिएको एमाले अधिवेशन मकवानपुरमा भने आन्तरिक व्यवस्थापकीय तयारी नपुगेको भन्दै आजको लागि सारिएको थियो । जिल्लामा कात्तिक ९ गते नै उद्योग वाणिज्य संघको निर्वाचनको कार्यक्रम रहेकोले अधिकांश पालिकाका सदस्यहरू सो निर्वाचन प्रक्रियामा भाग लिने भएकाले पनि अधिवेशन आजसम्मलाई सारिएको जनाइएको छ ।

आज जिल्लाका १० वटा स्थानीय तहमध्ये ८ वटा पालिकामा एमाले अधिवेशन हुने भएको एमाले मकवानपुरका अध्यक्ष बद्री प्रसाद लम्सालले जानकारी दिए । उनका अनुसार, आज हेटौंडा उपमहानगरपालिका, थाहानगरपालिका, भीमफेदी गाउँपालिका, मकवानपुरगढी गाउँपालिका, बागमती गाउँपालिका, बकैया गाउँपालिका, इन्द्रसरोवर गाउँपालिका र मनहरी गाउँपालिकामा एमाले अधिवेशन हुने भएको हो ।

जिल्लाको २ वटा पालिकामा भने अधिवेशन सम्पन्न भइसकेका छन् । शुक्रबार कैलाश र बिहीबार राक्सिराङ गाउँपालिकामा एमालेको पालिका अधिवेशन सम्पन्न भएको अध्यक्ष लम्सालले बताए । शुक्रबार कैलाशमा भएको अधिवेशनबाट पुण्यप्रसाद भण्डारीलाई पार्टीको गाउँपालिका कमिटी अध्यक्ष मा सर्वसम्मत चयन गगरिएको छ । भण्डारीको अध्यक्षतामा ७५ सदस्यीय गाउँपालिका कमिटी गठन भएको हो । कमिटीको उपाध्यक्षमा छेकुलामा, सचिवमा राजकुमार गोले तथा उपसचिवमा गौरी बर्तौला र ओमकुमार मोक्तान चयन भएका छन् ।

यस्तै, एमाले राक्सिराङ गाउँपालिकाको अध्यक्षमा सिहराम रुम्बा (रोहन) चयन भएका छन् । पार्टीको बिहिबार भएको अधिवेशनबाट रुम्बाको अध्यक्षतामा ७५ सदस्यीय गाउँपालिका सदस्यीय सर्वसम्मत चयन भएका हुन् । यसैगरी, सो कमिटीको उपाधयक्षमा रञ्जिता घलान, सचिवमा दिनेश चेपाङ तथा उपसचिवमा सञ्चबहादुर चेपाङ र दिनेश वाइबा चयन भएका हुन् ।

वडा अधिवेशनमा सहभागी भएका १० हजार ५ सय सङ्गठित सदस्यहरूले छानेका प्रतिनिधिहरू पालिका अधिवेशनमा सहभागी हुने लम्सालको भनाई छ । नेकपा एमालेले पालिका अधिवेशनबाट मकवानपुरको हेटौंडा उपमहानगरपालिकाबाट ८५ सदस्यीय नगर कमिटीलाई नेतृत्व प्रदान गर्नेछ भने, एक नगरपालिका र ८ गाउँपालिकामा ७५ सदस्यीय कमिटी चयन हुने अध्यक्ष लम्सालले बताए । सम्भव रहेसम्म सबै पालिकामा सर्वसम्मत रूपमा नेतृत्व प्रदान गर्ने उनले बताए । सर्वसम्मत नेतृत्व प्रदान गर्न नसकेको खण्डमा भने निर्वाचन प्रक्रियाबाट नेतृत्व छनौट हुने उनको भनाई छ । साभारः तुखबर डटकम ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*