म यहाँसम्म आइपुग्न सहिद रुद्र पाख्रिनको ठुलो भूमिका छः सामाजिक विकासमन्त्री कुमारी मोक्तान

छहारी संवाददाता
कार्तिक १२, २०७८

बागमती प्रदेशकी नवनियुक्त सामाजिक विकासमन्त्री कुमारी मोक्तानले सहिद रुद्र पाख्रिनको योगदानलाई कसैले बिर्सन नहुने बताउनुभएको छ ।

शुक्रबार मकवानपुरगढी गाउँपालिका ४ मा रहेको रुद्र पार्कमा पुगेरमा सहिद रुद्र पाख्रिनप्रति श्रद्धाञ्जली व्यक्त गर्दैं मन्त्री मोक्तानले आफुलाई यहाँसम्म पुर्‍याउन सहिद रुद्र पाख्रिनको ठुलो भूमिका रहेको बताउनु भएको हो ।

मन्त्री मोक्तानले आफुलाई पार्टी राजनिती सिकाउन हात समाएर डोर्‍याउने पहिलो व्यक्ति नै रुद्र पाख्रीन भएकाले उहाँप्रतिको सम्मान र उहाँको योगदानलाई कहिल्यै बिर्सन नसकिने बताउनुभयो । उहाँले भन्नुभयो “राजनितीमा रुद्र पाख्रिन नभएको भए कुमारी मोक्तान, कुमारी मोक्तान हुदैनथिएँ, भनेर भन्दैआएको हुँ, अहिले पनि म त्यहि भन्छु भोलीपनि म त्यहि भन्छु ।”

सहिद रुद्र पाख्रिनले मकवानपुर जिल्लामा माओवादीलाई अगाडी बढाउन गरेको देनलाई हामी कसैले भूल्न नहुने बताउदैं मन्त्री मोक्तानले उहाँले लिएको बाटोमा हामी दृढका साथ लागिपरिरहेको बताउनुभयो । कार्यक्रममा माओवादी केन्द्र मकवानपुरका अध्यक्ष प्रेम बहादुर पुलामी छिन्तु, जिल्लास्तरका नेता तथा कार्यकर्ता, स्थानिय समुदाय लगायतकाको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*