बागमती प्रदेशका मुख्य न्यायधिवक्ता थपलियाद्वारा पदबाट राजिनामा

छहारी संवाददाता
कार्तिक १२, २०७८

बागमती प्रदेशका मुख्य न्यायधिवक्ता ओम प्रकास थपलियाले पदबाट राजिनामा दिनु भएको छ ।

नेकपा एमालेले बागमती प्रदेश सरकारको नेतृत्व गर्दा मुख्य न्यायधिवक्तामा नियुक्त हुनु भएका थपलियाले एमालेको सरकार ढलेसंगै पदबाट राजिनामा दिनु भएको हो । बिहिबार उहाँले प्रदेश प्रमुख यादव चन्द्र शर्मा समक्ष राजिनामा बुझाउनुभएको हो ।

२०७६ साल साउन १२ गते तत्कालिन मुख्यमन्त्री डोरमणि पौडेलको सिफारिसमा प्रदेश प्रमुखले मुख्य न्यायधिवक्तामा उहाँलाई नियुक्त गर्नु भएको थियो । मुख्य न्यायधिवक्ता प्रदेश सरकारको कानूनी सल्लाहकार हुने व्यवस्था छ । राजिनामा पश्चाल उहाँले आफुले पाएको जिम्मेवारी राम्रोसंग सकेको प्रतिक्रिया दिनु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*