एमालेको केन्द्रीय कार्यसमिति बैठक बस्दै

छहारी संवाददाता
कार्तिक १२, २०७८

नेकपा एमालेको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ ।

तुल्सीलाल अमात्य स्मृति भवनमा बिहान ११ बजेपछि बस्ने बैठकले हिजोको स्थायी कमिटी बैठकका निर्णय अनुमोदन गर्ने प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

हिजो बसेको स्थायी कमिटी बैठकले महाधिवेशन प्रतिनिधि चयनसम्बन्धी मापदण्ड तयार गरेको थियो । एमालेले देशभरका सात लाख २१ हजार पार्टी सदस्यबाट १०औँ महाधिवेशनका लागि १५ सय ३६ प्रतिनिधि चयन गर्ने भएको छ ।

आजको बैठकले गएको ६ गतेको वडा अधिवेशन र ९ गतेको पालिका अधिवेशनको समीक्षा पनि गर्ने छ भने १० औँ राष्ट्रिय महाधिवेशनको बारेमा समेत थप छलफल गर्ने ज्ञवालीले बताउनुभयो । एमालेले १० औँ राष्ट्रिय महाधिवेशन आउँदो मंसिर १० गतेदेखि १३ गतेसम्म चितवनमा हुँदैछ । साभारः उज्यालो अनलाइन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*