एकीकृत समाजवादीका पाण्डेले बागमती प्रदेशको मुख्यमन्त्रीको सपथ लिँदै

सामाजिक विकास मन्त्रालयको जिम्मेवारी कुमारी मोक्तानलाई
छहारी संवाददाता
कार्तिक ११, २०७८

नेकपा माओवादी केन्द्र संसदीय दलका उपनेता कुमारी मोक्तानले बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाउनुहुने भएको छ ।

बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी गरेका नेकपा एकीकृत समाजवादीका राजेन्द्र पाण्डेसहित ४ प्रदेश मन्त्रीले आज अपरान्ह शपथ लिने तयारी भईरहेको बुझिएको छ । नेकपा एमालेबाट मुख्यमन्त्री बन्नु भएकी अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिएपछि पाण्डेलाई मुख्यमन्त्री बन्न बाटो खुलेको हो ।

यस्तै आन्तरिक मामिला मन्त्रालयको जिम्मेवारी कृष्णप्रसाद खनाललाई र भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी कृष्णलाल भँडेललाई दिने तयारी छ । एमाले विभाजन भएपछि १३ जना प्रदेशसभा सदस्यले एकीकृत समाजवादी पार्टी रोजेपछि मुख्यमन्त्री शाक्य अल्पमतमा पर्नु भएको थियो ।

कांग्रेस, माओवादी र जसपाका गरी ५९ सांसदहरूको समर्थनमा पाण्डेले बुधबार नै मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । तत्काल तीन मन्त्रीसहित मुख्यमन्त्री पाण्डे सरकारमा जाने र तिहारपछि मन्त्रिपरिषद्लाई पूर्णता दिने गठबन्धनको तयारी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*