बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यद्वारा पदबाट राजिनामा

छहारी संवाददाता
कार्तिक १०, २०७८

बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजिनामा दिनु भएको छ ।

मुख्यमन्त्री शाक्यले प्रदेशसभाबाट बिश्वासको मत नपाउने भएपछि संसदमा सम्बोधन गर्दै राजिनामा दिनुभएको हो । उहाँले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैलाई आभार व्यक्त गर्नु भएको छ । १ सय ९ सांसद रहेको बागमती प्रदेशसभामा एमाले विभाजन भएपछि सत्तारुढ दल एमालेसंग ४३ सांसद रहेका छन् ।

शाक्यविरुद्धको गठबन्धनसंग नेकपा माओवादी केन्द्रका २३, नेपाली कांग्रेसका २२, नेकपा एकिकृत समाजवादीका १३ र जनता समाजवादीका एक गरी ५९ सांसद छन् । त्यस्तै, विवेकशिल साझा पार्टीको ३, नेमकिपाको २ र राप्रपाको २ सांसद रहेका छन् । शाक्यले राजिनामा दिएसंगै नयाँ सरकार गठनको लागि बाटो खुलेको छ ।

नयाँ सरकार गठनका लागि शाक्यविरुद्धको गठबन्धनले दावी पेश गर्न नेकपा एकिकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र पाण्डेलाई अघि सार्दै सांसदहरुको हस्ताक्षर संकलन गरिसकेको छ । साभारः प्रष्टखबर डटकम ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*