विप्लव नेतृत्वको नेकपाको नवौं महाधिवेशन आगामी फागुनमा हुने

छहारी संवाददाता
अशोज ६, २०७८

नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको नवौं महाधिवेशन आगामी फागुनमा हुने भएको छ ।

तनहुँको बन्दीपुरमा बसेको समूहको केन्द्रीय समितिको ११ औं बैठकले जनयुद्ध दिवसको अवसर पारेर नवौं महाधिवेशन गर्ने निर्णय गरेको हो । बैठकले महाधिवेशन अघि मंसिर ८ गते काठमाडौंमा सभा तथा प्रदर्शन गर्ने निर्णय पनि गरेको छ ।

अहिलेको शासन प्रणाली असफल भएको निष्कर्षमा पुगेको विप्लव समूहले सबै देशभक्त, प्रगतिशील र कम्युनिस्ट शक्तिहरूलाई मोर्चाबद्ध तथा एकताबद्ध गर्दै जनमतसंग्रहका लागि अभियान सञ्चालन गर्ने निर्णय समेत गरेको छ । उसले अमेरिकी सहयोग परियोजना एमसीसी विरोधी सबै शक्तिहरूसँग सहकार्य गर्ने जनाएको छ ।

देशव्यापी संगठन विस्तार गर्ने र राष्ट्रियता, जनजीविका, भ्रष्टाचार लगायतका मुद्दामा संघर्ष गर्ने निर्णय पनि विप्लव समूहको केन्द्रीय समितिले गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*