माओवादीले अवसर पाउदा जनपक्षीय काम गरेको छः मोक्तान

छहारी संवाददाता
अशोज ४, २०७८

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज कुमारी मोक्तानले नेपाली जनताको हितका लागि सदैव लडिरहने पार्टी माओवादी मात्र रहेको बताउनु भएको छ ।

नेकपा माओवादी केन्द्र इन्द्रसरोवर गाउँपालिकाको कार्यलय उद्घाटन तथा विस्तारित बैठकलाई सम्बोधन गर्दै उहाँले माओवादीले अवसर पाउदा जनपक्षीय काम गरेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो -‘कृषि ऋण मिनाहा, एकल महिला भत्ता, लोडसेडिङको अन्त्य, विजुली महशुल छुट, हालै मात्र पनि दीर्घ रोगीका लागि भत्ता, मासिक २० युनिट भन्दा कम खपत गर्नेलाई निशुल्क बिजुली लगायत जनहितका काम गरेका छौं ।’

जनताले चाहेको सुशासन, समृद्धि र विकास माओवादीबाट मात्रै सम्भव रहेको मोक्तानको दाबी छ । पार्टीलाई स्थानीय तहदेखि नै बलियो बनाउने अभियानमा लागि परेको उहाँले बताउनुभयो । कार्यक्रममा मकवानपुर जिल्ला सचिवालय सदस्य तथा प्रचार प्रसार विभाग प्रमुख कमानसिं पाख्रिनले देशको स्वाभिमान जोगाउन संघर्ष गर्ने इमानदार पार्टी नै माओवादी भएको बताउनुभयो ।

विचार सहितको पार्टीले मात्रै समाज परिवर्तनलाई सही नेतृत्व दिन सक्ने भन्दै उहाँले परिवर्तनलाई संस्थागत गर्न सक्ने क्षमता माओवादीमा मात्र देखिएको दाबी गर्नुभयो ।

गाउपालिका कमिटी अध्यक्ष विर्जु पदम लामाको अध्यक्षतामा भएको विस्तारित बैठकमा ईन्द्रसरोबर गाउँपालिका ईन्चार्ज विनायक गोले, वाईसीयल जिल्ला सदस्य सानुबाबु मोक्तान, थाहा नगर कमिटि अध्यक्ष मानसिं दोङ, उपाध्यक्ष दिवाकर गोपाली, अनेरास्ववियु क्रान्तिकारी मकवानपुरका सह–सचिव मुकेश गोले लगायतको उपस्थिति रहेको थियो ।

बैठकले असोज ९ गतेदेखि पार्टी सुदृढिकरण तथा संगठन विस्तार, पार्टी सदस्य नविकरण, वडा पार्टी सम्मेलन तयारी गर्ने र असोज १५ गतेदेखि वाईसीयल गाउँ सम्मेलन गर्ने, जनवर्गीय संगठन विस्तार गर्ने निर्णय गरेको गाउँपालिका इन्चार्ज विनय गोलेले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*