कोभिड हेल्प डेस्क मकवानपुरको आधिकारिक नाम ‘हेल्प डेस्क नेपाल’

छहारी संवाददाता
असार २८, २०७८

हेटौंडा अस्पताल परिसरमा संचालित कोभिड हेल्प डेस्क मकवानपुरको नाम असार २४ गतेदेखि आधिकारिक रुपमा हेल्प डेस्क नेपाल भएको छ ।

विश्वभरि फैलिएको कोरोना भाइरस कोभिड १९ को दोस्रो लहरमा देशका विभिन्न स्थानसंगै मकवानपुर पनि प्रभाभित भएको समयमा २०७८ जेठ ३ गते देखी असार १५ गते दिउँसो २ बजेसम्म सेवामा रहेको डेस्कको नाम हेल्प डेस्क नेपाल भएको हो । कोभिडको महामारी नियन्त्रणका लागि प्रशासनले गरेको निशेधाज्ञाले विभिन्न समस्या निम्तिएको अवस्थामा मकवानपुरका युवाहरु रामकृष्ण शिवाकोटीको संयोजनमा निरन्तर सेवामा जुटेका छन् ।

हेल्प डेस्कले अस्पतालमा रहेर कोभिडका बिरामीहरु देखि बिरामी लिएर लिएर आउनेहरुका विभिन्न समस्यालाई सम्बन्धित निकायहरुमा समन्वय गरिदिने अक्सिजनको अभावमा अक्सिजन खोजिदिने, खाली सिलिन्डर जम्मा गर्ने र भर्ने, एम्बुलेन्सको व्यवस्थापन गरिदिने कामहरु गरेको हो ।

अस्पतालमा बेड र बिरामीको संख्या बुझ्ने, रगत अभावमा संकलन गरिदिने, पिसिआर परिक्षणमा समन्वय गरिदिने, सम्बन्धितलाई फोन, इमेल मार्फत जानकारी गराउने लगाएतका विभिन्न सेवामा जुटिरहको डेक्स नै आधिकारी रुपमा हेल्प डेस्क नेपाल भएको हो । युवाहरुले निषेधाज्ञामा बजार बन्द भएको बेला विभिन्न स्थानबाट सामग्री जुटाएर अस्पतालमा बिरामी लिएर आउनेहरुका लागि निःशुल्क खाजा, खाना, पानी, मास्क लगायतका सामग्री वितरण समेत गरेका थिए ।

संयोजक रामकृष्ण सिवाकोटीले संस्था आफ्नो मात्र नभएर समुहकै भएको बताउँदै नितान्त सेवामा जुटेर काम गर्ने उदेश्य रहेकाले सबैको साथ सहयोग आवाश्यक रहेको बताउनुभयो । संयोजक सिवाकोटीले अभियानमा सहयोग र समर्थन गर्ने विभिन्न निकाय, प्रहरी, प्रशासन, मिडियाकर्मी सबैलाई धन्यवाद दिनुभएको छ ।

सस्थापक केन्द्रिय संयोजक रामकृष्ण शिवाकोटीको नेतृत्वको १७ सदस्यीय कमिटीमा संस्थापक केन्द्रिय संचालकहरुमा संयोजक शिवाकोटी सहित रबिन्द्र कुमार गौतम, सागर घिमिरे, रोजन घिमिरे, आशिस सिंह हमाल, ऋषि केबि, रोयल बानियाँ रहनु भएको छ । त्यस्तैगरि संस्थापक केन्द्रिय सदस्यहरुमा, यदुनाथ देबकोटा, बुद्ध ब्राम्ह, बिशेष दाहाल, सुजन सिलवाल, विकास बजगाई, बिमल बजगाई, राजेश गरिब, राज सापकोटा, बिनय बजगाई, डेनिस श्रेष्ठ रहनु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*