मकवानपुरमा २४ घण्टामा १०४ जना संक्रमित थपिँदा ८९ जना कोरोना मुक्त
मकवानपुरमा पछिल्लो २४ घण्टामा १०४ जना कोरोना संक्रमित थपिएका छन् । २७५ जनामा गरिएको पिसिआर र एन्टीजेन परीक्षणमा थप १०४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यलय मकवानपुरले जानकारी दिएको छ ।
शुक्रबार संक्रमण पुष्टि हुने सबैभन्दा बढी ७५ जना हेटौंडा उपमहानगरपालिका भित्रका रहेका छन् । यस्तै १२ जना थाहा नगरपालिकाका, ९ जना मनहरी गाउँपालिका, ४ जना मकवानपुरगढी गाउँपालिका छन् भने भीमफेदी, कैलाश, बकैया र बागमती गाउँपालिकाकाा १र१ जना रहेको कार्यलयले जनाएको छ ।
यसैबीच, पछिल्लो २४ घण्टामा ८९ जना कोरोनामुक्त भएका छन् । कार्यालयका अनुसार हालसम्म मकवानपुरमा ११ हजार ६ सय ३४ जनामा संक्रमण पुष्टि भएको भएको छ भने १० हजार ७ सय ४८ जना कोरोनामुक्त भएका छन् । अहिले मवानपुरमा ७५४ जना सक्रिय संक्रमित रहेका कार्यालयले जनाएको छ । कारोना संक्रमणबाट मकवानपुरमा हालसम्म १३२ जनाको मृत्यु भइसकेको छ ।