मकवानपुरमा निषेधाज्ञाको अवधी पुनः थपियो

छहारी संवाददाता
असार १४, २०७८

जिल्ला प्रशासन कार्यलय मकवानपुरले निषेधाज्ञाको अवधी पुनः थप गरेको छ । सोमबार प्रमुख जिल्ला अधिकारी भरत मणी पाण्डेको अध्यक्षतामा बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र मकवानपुरको बैठकले जारी निषेधाज्ञा अझै एक हप्ता लम्ब्याउने निर्णय गरेको हो ।

बैठकको निर्णय अनुसार असार १४ गते राती १२ बजेसम्म अर्थात आज रातीबाट सकिने निषेधाज्ञा अब असार २१ गतेसम्म लागू हुनेछ । यसअघि असार ७ गते केहि खेकुलो गर्ने निर्ण सहित थप भएको निषेधाज्ञामा अब भोलीदेखि नीजि सवारी जोरबिजोर प्रणालीमा संचालन गर्न पाईनेछ भने सार्वजनिक यातायात बन्द रहने छन् ।

पछिल्लो समय जिल्लामा कोरोना संक्रमणको दर घट्दै गएको भएपनि जोखिम यथावत नै रहेकाले असार १४ गतेसम्म जारी गरिएको निषेधाज्ञा थप ७ दिन थप्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । बैठकले हेटौंडाका अधिकांश पसलहरु बिहान र दिउँसो गरी पालो पालो खोल्न पाउने निर्ण गरेको छ ।

बैठकले फलफुल, खाद्यान्न र तरकारी, माछा मासुका पसल बिहान ४ बजेदेखि १० बजेसम्म र हाड्वयेर, कपडा, जुत्ता र कस्मेटिक पसल मध्यान्ह १२ बजेदेखि ४ बजेसम्म, प्रेस तथा फोटोकपी पसलहरु, फोटो स्टुडियोहरु बिहान ४ देखि १० बजेसम्म संचालन गर्न दिने निणैय गरेको छ ।

यस्तै होटल र रेस्टुरेन्टबाट टेकअवे र होम डेलिबरी हुने गरी मध्यान्ह १२ बजेदेखि अपरान्ह ४ बजेसम्म खोल्न दिने भएको छ । बैठकले पसल तथा व्यवसाय संचालन गर्दा अनिवार्य स्वास्थ्य मापदण्ड पुरा गरेको हुनु पर्ने अन्यथा अनुगमन समितीको सिफारिसमा बन्द गरिने चेतावनी दिएको छ ।

प्रशासनको निर्णय यस्तो छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*