मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक कार्यक्रम औपाचारिक शुभारम्भ

छहारी संवाददाता
असार १४, २०७८

प्रधानमन्त्री केपी शर्मा ओलीले हेटौंडामा रहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक कार्यक्रमको शुभारम्भ गर्नु भएको छ ।

भिडियो कन्फेरेन्समार्फत कार्यक्रमको उद्घाटन् गर्दै प्रधानमन्त्री ओलीले प्रतिष्ठानले दक्ष जनसक्ति उत्पादन गर्ने र भरपर्दो सेवा दिनेमा विस्वस्त रहेको बताउनुभयो । यस प्रतिष्ठानद्वारा उत्पादित विद्यार्थी हरेक क्षेत्रमा प्रतिस्पर्धा गर्नसक्ने क्षमतावान बनाउनुपर्ने उहाँको भनाई छ ।

जननेता मदन भण्ठारीको ७० औं जन्मजयन्तीको अवसर पारेर मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक कार्यक्रम शुभारम्भ गरिएको हो । बागमती प्रदेश सरकारले स्थापना गरेको स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्य सम्बन्धी विभिन्न विषयमा स्नातक तहसम्म अध्यापन गराउन अघिल्लो महिना अनुमति प्राप्त गरेको छ ।

चिकित्सा शिक्षा आयोगले प्रतिष्ठानलाई तीन विधामा अध्यापन गराउन अनुमति दिएको र अब पढाइ पनि सुरु गर्न लागिएको प्रतिष्ठनाका रजिष्टार राजेश प्रसाईले बताउनुभयो । जनस्वास्थ्य, फार्मेसी र मेडिकल ल्याब टेक्नोलोजी अध्यापन गराउन अनुमति प्राप्त भएअनुसार शैक्षिक कार्यक्रम शुभारम्भ गर्न लागिएको प्रतिष्ठानका प्रसाईंले जानकारी दिनुभयो । आयोगले जनस्वास्थ्यमा २० जना, फार्मेसीमा ३० जना र मेडिकल ल्याब टेक्नोलोजीमा ३० जनालाई अध्यापन गराउन अनुमति प्रदान गरेको छ ।

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले अर्को वर्षदेखि प्रतिष्ठानमा एमबिबिएसको पनि पढाइ हुने बताउनुभएको छ । प्रतिष्ठानको शैक्षिक कार्यक्रमको शुभारम्भ कार्यक्रममा बोल्दै उहाँले प्रतिष्ठानको काम गर्ने स्पीडलाई कायम राख्न सुझाव दिनुभयो । प्रतिष्ठानमा पढ्नेले जागिर खोज्दै हिड्नु नपर्ने भन्दै मुख्यमन्त्री पौडेलले जागिर दिनेहरुले खोज्ने वातावरण बन्ने बताउनुभएको छ ।

प्रदेश सरकारले ड्रिम प्राजेक्टका रुपमा यो प्रतिष्ठानलाई लिएको उहाँको भनाई छ । शुभारम्भ कार्यक्रममा बागमती प्रदेश सामाजिक विकास मन्त्री सरस्वती बस्नेत, प्रतिष्ठानका उपकुलपति डाक्टर विश्वराज जोशी, रेक्टर डाक्टर सतिश कुमार देउ, हेटौंडा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष राजेश प्रसाई लगायतकाले मनतव्य व्यक्त गर्नु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*