मकवानपुरमा पछिल्लो २४ घण्टामा थप ३ संक्रमतिको मृत्यु
मकवानपुरमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप ३ जनाको मृत्यु भएको छ ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालमा उपचाररत २ पुरुष र १ महिलाको मृत्यु भएको स्वास्थ्य कार्यलय मकवानपुरले जानकारी दिएको छ । मृत्यु हुनेमा हेटौंडा–१२ का ६४ बर्षीय पुरुष र भीमफेदी–३ का ३६ बर्षीय पुरुष तथा हेटौंडा–२ की ४६ बर्षीया महिला रहेका छन् ।
जेठ २३ गते कोरोना पुष्टि भई जेठ २६ गते हेटौंडा अस्पतालमा उपचारको लागि भर्ना भएकी महिलाको मंगलबार बिहान मृत्यु भएको हो । हेटौंडा १२ का ६४ बर्षीय पुरुषमा जेठ २२ गते कोरोना पुष्टि भई जेठ २३ गते अस्पताल भर्ना गरिएका उनको पनि आज बिहान मृत्यु भएको हो ।
यस्तै भीमफेदी गाउँपालिका ३ का ३६ वर्षीय पुरुषलाई जेठ २१ गते संक्रमण पुष्टि भई जेठ २५ गते उपचारको लागि अस्पताल भर्ना गरिएकोमा गएराति ७ बजे उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । योसंगै मकवानपुरमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२० पुगेको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।