खोप लगाउँदा शिक्षक वर्ग प्राथमिकतामा नपर्नु गम्भिर विषय भन्दै इन्द्रसरोवर गाउँपालिकालाई ज्ञापनपत्र

मञ्जरी बलामी
जेष्ठ २४, २०७८

नेपाल राष्ट्रिय शिक्षक संगठन इन्द्रसरोवर गाउँसमितिले इन्द्रसरोवर गाउँपालिकालाई ज्ञापनपत्र बुझाएको छ ।

विभिन्न क्षेत्रमा कार्यरत कर्मचारीहरुलाई खोप लगाउँदा लाखौँ विद्यार्थीहरुसँग प्रत्यक्ष रुपमा सम्पर्कमा रहेर अग्रपङ्तिमा काम गर्ने शिक्षक वर्ग प्राथमिकतामा नपर्नु गम्भिर विषय रहेको भन्दै शिक्षक संगठनले ज्ञापनपत्र पेश गरेको हो ।

समितिका अध्यक्ष मन बहादुर स्याङ्तान, महिला उपाध्यक्ष संरचना शर्मा र सचिब भीम बहादुर स्याङ्तान सहितको टोलीले सोमबार गाउँपालिकाका उपाध्यक्ष उमा कुमारी लामा समक्ष ज्ञापनपत्र बुझाएका हुन् ।

कोरोना भाइरसको संक्रमणबाट मकवानपुरमा समेत केही शिक्षकहरुले मृत्युवरण गर्नुपरेको खबरहरु आइरहँदा विद्यार्थीसँग प्रत्यक्ष रुपमा सम्पर्कमा रहि अग्रपङ्तिमा रहेर काम गर्ने वर्गलाई प्राथमिकतामा पारेर तत्काल खोपको व्यवस्था गरी शिक्षा क्षेत्रका गतिविधि अगाडी बढाउन सहयोग र पहलका लागि समितिले गाउँपालिका समक्ष ध्यानाकर्षण गराएको छ ।

ज्ञापनपत्र बुझ्दै गाउँपालिकाका उपाध्यक्ष लामाले शिक्षकहरुको माग प्रति आफु सकारात्मक रहेको भन्दै पहलकदमी अगाडी बढाउने बताएकी छिन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*