मकवानपुरमा आइतबार ८४ जना कोरोना संक्रमित थपिँदा १८३ जना निको भए

छहारी संवाददाता
जेष्ठ २३, २०७८

मकवानपुरमा आइतबार कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालमा उपचारको क्रममा ३ पुरुषको मृत्यु भएको हो ।

मृत्यु हु्नेमा मकवानपुरगढी–२ का ५० बर्षका पुरुष, राक्सिराङ–१ का ८२ बर्षका पुरुष र सलार्हीका ८६ बर्षका पुरुष रहेको स्वास्थ्य कार्यलय कार्यलय मकवानपुरले जनाएको छ । योसंगै मकवानपुरमा कोरोना संक्रमणका कारा १०६ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा थप ८४ जनामा संक्रमण पुष्टि भएको छ भने थप १८३ जना निको भएका छन् । आज पुष्टि भएका मध्ये सबैभन्दा बढी २९ जना हेटौंडा उपमहानगरपालिकाका छन् ।

यसैगरि मनहरी गाउँपालिकाका १६ जना, थाहा नगरपालिका र मकवानपुरगढी गाउँपालिकाका १२र१२ जना, बकैया गाउँपालिकाका ११ जना, बागमती गाउँपालिकाका २ जना तथा भीमफेदी र राक्सिराङ गाउँपालिकाका एकएक जना संक्रमित थपिएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । योसंगै मकवानपुरमा हालसम्म संक्रमण पुष्टि हुनेको संख्या ९ हजार ३ सय ३१ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*