‘लागुऔषध विरुद्ध ‘प्रथम हेटौडा ९ सांगितीक महोत्सव–२०७७’ हुने
हेटौंडामा ‘लागुऔषध विरुद्ध ुप्रथम हेटौडा ९ सांगितीक महोत्सव–२०७७’ हुने भएको छ । नशा त्यागौं संगितमा झुमौं भन्ने नाराका लाथ यही चैत २४ गते देखि २०७८ बैशाख १ गतेसम्म हेटौंडा ९ लामसुरेडाँडामा महोत्सव गर्न लागिएको महोत्सव समिति संयोजक सिआन पुर्नस्थापना केन्द्रका प्रमुख सौजन डिसिले जानकारी दिनुभयो ।
हेटौंडामा पत्रकार सम्मेलन गर्दै डिसीले पहिलो पटक हुन लागेको लागुऔषध विरुद्धको सांगितीक महोत्सवको सम्पूणै तयारी पुरा भएको बताउनुभयो । डिसीका अनुसार हेटौंडा उपमहानगरपालिकाको ९ नम्बर वडा कार्यलय र सिआन पुर्नस्थापना केन्द्रको संयुक्त आयोजनामा महोत्सव हुन लागेको हो । हेटौंडामा लागु औषध प्रयोगकर्ताको संख्या बढ्दै जाँदा समस्या झन विकराल बनेको भन्दै उहाँले समाजमा सचेतना फैलाउने उदेश्यले महोत्सवको गर्न लागिएको बताउनुभयो ।
महोत्सवमा खाजा, खाना, कृषि, व्यापारिक गरी २ सय १० वटा स्टलहरु रहनेछन् भने राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति पनि रहनेछ । हालसम्म सोम्झौता भईसकेका राष्ट्रिय कलाकारहरुमा २५ गते धिरज राई, २६ गते उदय सोताङ, मनिला सोताङ र छिरिङ भुँटियाको प्रस्तुती रहनेछ । यसैगरि २७ गते कमल क्षेत्री, २८ गते सत्यराज आर्चाय र सोरुपराज आर्चाय, २९ गते विद्या तिवारी, ३० गते कुलेन्द्र विक, ३१ गते रोज मोक्तान र अन्तिम दिन नयाँ वर्ष बैशाख १ गते यश कुमार आउने कार्यक्रम तय भईसकेको व्यवस्थापन समितिका संयोजक अजित राईले जानकारी दिनुभयो ।
हेटौंडा ९ को लामसुरेडाँडामा महोत्सव व्यवस्थापनको काम सुरु भईसकेको र प्रचारप्रसारको काम तिब्र गतिमा अघि बढाइने उहाँले बताउनुभयो । पत्रकार सम्मेलनमा हेटौंडा ९ का वडा अध्यक्ष लक्ष्मणप्रसाद भण्डारीले सबैभन्दा बढी लागुऔषध प्रयोगकर्ता आफ्नो वडामा भेटिएको भन्दै यो महोत्सवले लागु औषध विरुद्ध चेतना अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले सांगितीक महोत्सवमा आफु पनि जोडिन पाउँदा खुशि लागेको बताउनुभयो ।
महोत्सवमा १९ लाख ५० हजार खर्च हुने र महोत्सवबाट ३९ लाख ५० हजार रकम उड्ने अनुमान गरिएको आयोजकले जनाएको छ । आयोजकका अनुसार महोत्सवमा बचेको रकम बाल उद्धानमा लगानी गरिनेछ । महोत्सवमा प्रवेश शुल्क एक सय रुपँया र विद्यार्थीको लागि ५० रुपँया तोकिएको छ ।