नेकपा एमालेको केन्द्रीय कमिटी बैठक चैत १ गते बस्ने

छहारी संवाददाता
फाल्गुन २८, २०७७

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक चैत १ गते बस्ने भएको छ। शीर्ष नेताहरुबीच पुनःस्थापित नेकपा एमाले केन्द्रीय कमिटीको पहिलो बैठक चैत १ गते बोलाउने छलफल भएको केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालले जानकारी दिएको अन्नपूर्ण पोस्ट्ले लेखेको छ ।

पहिलो बैठकमा एमालेका नवौं महाधिवेशनबाट निर्वाचित र त्यसपछि मनोनीत केन्द्रीय सदस्यहरु सहभागी हुनेछन्। नेपाल पक्ष एमालेमै फर्किए पनि ओलीतिर लागेका माओवादी धारका नेताले माओवादी केन्द्रमा नफर्किने संकेत गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतको आदेशलगत्तै आफ्नो पक्षमा लागेका माओवादी धारका नेतालाई बालुवाटारमा बोलाएर चरणबद्ध रुपमा छलफल गरिरहेका छन्।

ओली सरकारमा तत्कालीन माओवादी केन्द्रका नेताहरुमध्ये गृहमन्त्री रामबहादुर थापा, सहरी विकासमन्त्री प्रभु शाह, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, खानेपानीमन्त्री मणि थापा, खेलकुदमन्त्री दावा तामाङ छन्। यी मन्त्रीले राजनीतिक रूपमा ओलीतिर लागेकाले पद गएपनि माओवादी केन्द्रमा नफर्किने बताएको स्रोतले जनाएको छ। उनीहरुलाई एमालेमा कसरी समायोजन गर्ने भन्ने विषयमा पनि आन्तरिक रुपमा छलफल चलेको छ।

केन्द्रीय कमिटीको बैठकले आन्तरिक विवाद समाधान गर्दै पार्टीलाई नयाँ ढंगले अगाडि बढाउने र अन्य पार्टीबाट आएकालाई पनि सम्मानजनक स्थान दिने एमालेका शीर्ष नेताले तयारी गरेका छन्। बैठकमा पेश हुने एजेन्डा र रणनीतिको विषयमा नेताहरुसँग प्रधानमन्त्री तथा अध्यक्ष ओलीले परामर्श थालेको एमाले स्रोतले जनाएको छ। केन्द्रीय कमिटीमा अध्यक्ष ओली स्पष्ट बहुमतमा छन्। उनले शुक्रबार नै आफू निकट नेताहरुलाई छलफलमा बोलाएका छन्।

सर्वोच्च अदालतले साविकको नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताएपछि माधव(झलनाथ पक्ष एमालेमै फर्किएको छ। नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले संसद् विघटन गरेपछि माधवकुमार नेपाल(झलनाथ खनाल समूह पुष्पकमल दाहाल ‘प्रचण्ड’ समूहमा लागेर सडक आन्दोलनमा पुगेका थिए।

पार्टी पुनस् स्थापना भएपछि हाल माधव पक्षलाई ओलीले कुनै छलफलमा नबोलाएको भन्दै असन्तुष्ट व्यक्त गरेको छ भने माधव(झलनाथ समूहले अहिलेपनि गुटका बैठक र भेलाहरु जारी राखेको भन्दै ओली पक्षले आपत्ति जनाएका छन्। सर्वोच्च अदालतले आइतबार नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को आधिकारिकता ऋषिराम कट्टेलले दर्ता गरेको दलले पाउने निर्णय गरेको छ।

यसले नेकपाको एकीकरणलाई खारेज गर्दै नेकपा (एमाले)र नेकपा ९माओवादी केन्द्र०लाई पूर्ववत् रूपमा जगाएको हो। नेकपा एकीकरणसम्बन्धी निर्वाचन आयोगको निर्णय बदरपश्चात् साविकमा आयोगमा राजनीतिक दलका रूपमा दर्ता रहेका नेपाल कम्युनिस्ट पार्टी ९एकीकृत मार्क्सवादी लेनिनवादी० र नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र० अलग–अलग राजनीतिक दलका रूपमा साविककै अवस्थामा कायम रहने सर्वोच्चले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*