नीजिवनमा ब्यबसायिक फलफुल खेती

बार्षिक आम्दानी २ करोडभन्दा माथी
अञ्जली थापा
माघ २५, २०७७

पहाडी भेगमा रहेको पाखो तथा खेतीगर्न नसकिने जमिनहरुले पनि अबको दिनमा खेतीबाटै करोडौंको आम्दानी दिन्छ भन्ने उदाहरण बनेको छ मकवानपुरकोे मनहरी गाँऊपालिका-४ का कृष्ण बहादुर न्यौपानेको खरबारी ।

न्यौपानेले खेती गर्न नसकिने अबस्थामा रहेको पाखो जग्गामा ब्यबसायिक एभोकाडो खेती सुरु गर्नुभएको छ । उक्त जग्गालाई नीजिवनमा रुपान्तरण गरेर उहाँले ब्यबसायिक फलफुलखेती सुरु गर्नुभएको हो । न्यौपानेले रोप्नुभएको एभोकाडो उत्पादन सुरुभएपछी बार्षिक २ करोड ८० लाखसम्म आम्दानी गर्ने उहाँको उदेश्य रहेको छ ।

न्यौपानेरोपेको ५ बर्षमा फल दिने एभोकाडोको बिरुवा अहिले करिब अढाई बर्ष भएको उहाँको भनाई छ । केहीबर्षअगाडी आम्दानीको स्रोत नभएपछी बैदेशिक रोजगारमा जानुभएको न्यौपानेले २ बर्षसम्म दुःख गर्दा आफु गएको ऋणतिर्नमात्र सकेको बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ“ बिदेश भनेर धन कमाउन जानु बेकार रछ, पैसा त हाम्रै माटोमा पो फल्नेरछ त हेर्नु त यो पाखोले पनि कमाई दिन्छ भनेर मैले कहाँ सोंचेको थिए र ।”उहाँले थप्नुभयो“ मेरो भाईले यो खरबारीमा एभोकाडो लगाउने सल्लाह दियो यसो हेर्दा बजार पनि रामै्र रैछ फेरी लाखौं होर करोडौं पो कमाई हुने रछ त दुख पनि त त्यती छैन अरु खेती जस्तो ।”

करिब २ बिगाहा जमिनमा न्यौपानेले ३ सय ५० वटा एभोबाडोको बिरुवा रोप्नुभएको छ । १ बोटले ४ क्विन्टलसम्म फल दिने प्राबिधिकले बताएको उहाँको भनाई छ । उक्त जग्गामा तारबार सहित जम्मा लगानीमा सुरु गर्नुभएको उक्त फलफुल खेतीले अब २ बर्षभित्र आम्दानी दिने प्राबिधिकले बताएको न्यौपानेले जानकारी दिनुभयो ।

काठमाडौंको एक नर्सरीबाट प्राबिधिक सहयोग सहित बिरुवा खरिद गरिएको र फल दिएपछी पनि उक्त नर्सरीले नै खरिद गर्ने सर्त समेत गरिएको उहाँको भनाई छ । यस बाहेक उहाँले बयरजातीको बोकाबाट पनि रामै्र आम्दानी भइरहेको न्यौपानेले बताउनुभयो ।

मकवानपुरकै कैलाश गाँऊपालिकाबाट रु. बिस हजारमा ल्याएको बयरजातीको पाठोले बियाडको रुपमा राम्रो आम्दानी गरिरहेको न्र्यौपानेले जानकारी दिनुभयो । हाल खेतीबाट नै राम्रो आम्दानी हुने भन्दै बारीमा पनि बिभिन्न जातिको तरकारी तथा फलफुल खेती गरिरहेको उहाँको भनाई छ र हाल उहाँको बारिमा मरिच समेत फलिरहेको न्यौपाले बताउनुभयो ।

न्यौपानेले जस्तै हेटौंडा उपमहानगरपालिका—१८ का युवा कञ्चन घिमिरेले पनि आफ्नो पारिवारिक नीजिवनमा टिक खेती गरिरहनुभएको छ । आफुहरुले लोकसेवामा नाम निकालेपछी बृद्ध आमा बुवालाई खेतीगर्न गारो भएको कारण टिक खेती गरिएको घिमिरेले बताउनुभयो । जम्मा ७० हजारको लागतमा लगाइएको २ सय बिरुवाले अबको १० बर्षमा कराडौं आम्दानी दिने उहाँको भनाई छ ।

उहाँले भन्नुभयो“हामिले आसै खेत ीगर्न नसक्ने भएपछी यो जमिनलाई नीजि बनमा दर्ता गराएका हौ, दुःख बिनानै यसले १५ बर्षमा कराडौंको आम्दानी दिन्छ भन्ने हाम्रो बिस्वास हो, यहाँ कोलदो मकै रोप्दा बार्षिक जम्मा २० हजार जतिमात्र आम्दानी हुन्थ्यो त्यो पनि केको हिसाब हुनु र अलिन्जेल खाइन्थ्यो ।”

नेपालको तराई भेगमा हुने टिक खेती राम्रो हुने हेटौंडामा पनि राम्रो हुने बिस्वास रहेको बताउदै घिमिरेले एक रुखबाट करिब २ सय ५० क्युफिट काठ निस्कने जानकारी दिनुभयो । हालको बजार मुल्य उक्त ४ हजार ५ सय क्युफिट रहेको र जसअनुसार एक रुखबाट करिब ११ लाख २५ हजार आम्दानी हुने अनुसान घिमिरेको अनुमान रहेको छ ।

पारिवारिक नीजि वनकी महासचिब आरती पाठकले नेपालमा खेती नहुने पाखो जमिन प्रसस्त रहेको र उक्त जमिनहरुबाट किसानलाईै करोडौं आम्दानी हुने रुख तथा फलफुल खेती गर्न सकिने बताउनुभयो । उहाँले भन्नुभयो“ हामिले खेती गर्न नसकेर घाँसपालको लागि मात्र प्रयोग गर्दै आएको जमिन बिना उल्लेख्य मिहिनेत करोडौं आम्दानी गर्न सक्ने रहेछौं भनेर अहिले धेरै किसानले बुझिसक्नुभएको छ ।”

उहाँले थप्नुभयो “फेरी हाम्रो माग भनेको जसरी हामिले पुर्जा भएको जमिनमा लगाएका बालि बेच्न पाउछौं रुखलाई पनि सोही तरिकाले बेच्नपाउनुपर्छ भन्ने हो ।” पारिबारिक नीजि वनमा भएका रुख बिरुवा बेच्नलाई राज्यले नै सहज बनाउनुपर्ने उहाँको भनाई छ । मकवानपुरमा हाल धेरैजनाले पारिवारिक नीजि वन दर्ता गरेको र सो वनबाट आम्दानी गर्न उन्मुख रहेको पाठकले बताउनुभयो । हालसम्म पारिवारिक नीजि वनबाट अम्रेसो तथा जडिबुटी समेत उत्पादन भइरहेको जनाउनुभयो ।

वाग्मती प्रदेश सांसद मुनु सिग्देलले निति निर्माण गर्ने समयमा नै पारिवारिक नीजि वनबाट किसानलाई राहत दिने बिषयमा सोंच्नुपर्ने बताउनुभयो । उहँले भन्जुभयो“ टिक, पाउलोनियम जस्ता बिरुवाहरु रोप्न र बेच्नमात्र नभएर हुर्काउन पनि सरकारले अनुदान दिनुपर्ने अबस्था ।”

उहाँले यस्ता क्षेत्रमा ध्यान दिन सके राष्ट समृद्ध हुने बताउनुभयो ।
जिल्ला समन्वय समिति मकवानपुरकी उप-प्रमुख भगवती पुडासैनीले जग्गा बाँझिन नदिन र यस्ता उदाहरणिय कार्य गर्न जिल्ला समन्वय समितिले पहली कदम चाल्ने बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*